दफा ३८
खाद्य पदार्थ फिर्ता गर्ने
(१) कुनै खाद्य पदार्थको उत्पादन, प्रशोधन: वा- पैठारी गर्ने खाद्य व्यवसायीले आफूले उत्पादन, प्रशोधन वा पैठारी गरेको कुनै व्याच वा लटको खाद्य पदार्थ बिक्री बितरणको लागि बजारमा पठाएपछि त्यस्तो खाद्य पदार्थको उत्पादन, प्रशोधन वा पैठारीको क्रममा भएको त्रुटी, कमी, कमजोरी वा अन्य कुनै कारणबाट यस ऐन बमोजिम तोकिएको स्वच्छता, गुणस्तर वा मापदण्ड अनुरुप नभएको वा मानव उपभोगको लागि सुरक्षित नरहेको जानकारीमा आएमा त्यस्तो खा पदार्थ सार्वजनिक रूपमा सूचना प्रकाशन गरी बजारबाट फिर्ता माग गर्नु पर्नेछ।
(२) यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणको क्रममा कुनै खाद्य पदार्थको उत्पादन, प्रशोधन वा पैठारीको क्रममा भएको त्रुटी, कमी, कमजोरी वा अन्य कुनै कारणबाट यस ऐन बमोजिम तोकिएको स्वच्छता, गुणस्तर वा मापदण्ड अनुरुप नभएको वा मानव उपभोगको लागि सुरक्षित रहेको नदेखिएमा अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणमा जाने अधिकारीको - प्रतिवेदनको आधारमा महानिर्देशकले त्यस्तो खाद्य पदार्थको उत्पादन गर्ने, प्रशोधन गर्ने वा नेपालमा पैठारी गर्ने खाच्च व्यवसायीलाई त्यस्तो खाध पदार्थ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिनेछ।
(३) उपदफा (२) बमोजिम दिइएको आदेश उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु पर्नेछ।
(४) उपदफा (१) बमोजिम फिर्ता माग गरिएको वा उपदफा (२) बमोजिम फिर्ता गर्न आदेश दिइएको खाद्य पदार्थको कसैले पनि बिक्री वितरण गर्नु वा गराउनु हुँदैन।
(५) उपदफा (१) वा (२) बमोजिम खाद्य पदार्थ फिर्ता गर्दा लाग्ने खर्च त्यस्तो खाद्य पदार्थको उत्पादन, प्रशोधन वा नेपालमा पैठारी गर्ने खाद्य व्यवसायीले व्यहोर्नु पर्नेछ ।